मतदान केन्द्रमा कर्मचारीले काम थाले

विराटनगर । मतदान केन्द्रहरूबाट धमाधम काम शुरु भएको छ । भोलि हुने निर्वाचनलाई लक्षित गरेर बेराघेरा, मतदाता परिचय पत्र वितरण तथा आएका मतदातालाई मतदान गर्ने बारेमा बुझाउने काम भएको मतदान अधिकृतहरूले बताएका छन् ।

कतिपय मतदान केन्द्रमा अहिले मतदातालाई लाइन बस्नको लागि गर्नु पर्ने व्यवस्थापनको काम भइरहेको गोकुवा आधारभूत मतदान केन्द्रका मतदान अधिकृत कैलाश केसी पौडेलले जानकारी दिए । आज दिनभरि मतदाता परिचय पत्र वितरण गर्ने, आएका मतदातालाई शिक्षा दिने तथा आन्तरिक मतदान स्थलमा गर्नु पर्ने कामहरू भइरहेको पौडेलले जानकारी दिए ।

मोरङ जिल्लाका ८२० मतदान केन्द्रहरूमा नै मतदान अधिकृत तथा कर्मचारीहरू पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थलमा ४ हजार ५१ मतदान केन्द्र मार्फत मतदान हुँदैछ । शुक्रबार हुने मतदानलाई भयरहित रूपमा सम्पन्न गर्न गर्नु पर्ने सबै तयारी भइरहेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =