कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने

सुर्खेत । नेपाल सरकारले आगामी जेठदेखि आइतबार पनि बिदा दिने निर्णय गरेपनि कर्णाली प्रदेश अस्पतालले बिदा नदिने निर्णय गरेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही हप्तामा दुई दिनको बिदाले थप मर्कामा पर्ने भएकाले बिदा नदिएर सेवा निरन्तर दिने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिएका हुन्। सरकारले आउँदो जेठदेखि शनिबार र आइतबार हप्तामा दुई दिन बिदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ।

‘लगातारको दुई दिनको बिदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखियो,’ प्रवक्ता डा. केसीले भने, ‘गरिब निमुखा बिरामीहरूलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्नेछ।’

उनले परीक्षणका रूपमा जेठ १ गतेदेखि आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म यथावत रहने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *