हेमजाका बस र टिप्पर ठोक्किँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

पोखरा । कास्कीको पोखरास्थित हेमजाका बस र टिप्पर ठोक्किँदा ६ जना घाइते भएका छन् । सोमबार राती मुक्तिनाथ जाँदै गरेको ना ७ ख ७२७० नम्बरको बस र सोही रुटमा सामान बोकिरहेको टिप्पर ठोक्किएका हुन् ।

सो दुर्घटनामा घाइते भएका ६ जनामध्ये एकको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =