एमालेले टिकट नदिएपछि राप्रपाबाट पालिका अध्यक्षमा उम्मेदवारी
२०७९ वैशाख २४ गते

पोखरा । म्याग्दीको धवलागिरि गाउँपालिकामा एमालेका प्रभावशाली नेताले नै पालिका अध्यक्षमा फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । एमालेका पालिका पूर्व अध्यक्ष होमबहादुर थापाले टिकट दाबी गरेका थिए ।
तर उनलाई पार्टीले टिकट दिएन । उनी अहिले राप्रपाबाट अध्यक्षकै उम्मेदवार बनेका छन् । फरक पार्टीबाट उम्मेदवार बनेपछि एमालेले उनको सदस्यता समेत नरहने गरी बर्खास्त गरेको छ ।
एमाले अध्यक्ष देवेन्द्रबहादुर कटुवालले विज्ञप्ति जारी गरी थापाले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै निष्कासन गरिएको जानकारी दिए । एमालेले हालकै अध्यक्ष थमसरा पुनलाई धवलागिरिको टिकट दिएको छ ।
२०७९ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित









