बाबुरामको गृहनगरमा भत्कियो गठबन्धन, जसपा-कांग्रेस छुट्टाछुट्टै चुनाव लड्ने

पोखरा । गोरखामा अन्ततः जसपा-कांग्रेस गठबन्धन टुटेको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा यसअघि कांग्रेसले जसपालाई सघाउने निर्णय भएकोमा कांग्रेसको केन्द्रीय समिति निर्णय नमानेका कारण गठबन्धन हुने निर्णय गरेको हो ।

पालुङटारको मेयरमा जसपा, उप मेयरमा कांग्रेसलाई सघाउन केन्द्रले निर्देशन गरेको थियो । गोरखामा भने कांग्रेसलाई जसपाले सघाउने सहमति छ । तर जसपाले पालुङटारमा गठबन्धन गर्ने र गोरखामा माओवादीसँग मिलेपछि पालुङारको गठबन्धन समेत टुटेको हो ।

‘पालुङटारमा आफू अनुकूल निर्णय हुँदा पालना गर्ने र गोरखामा कांग्रेसलाई नसघाउने भएपछि यस्तो गठबन्धन किन चाहियो ?,’ जिल्ला सभापति नन्द न्यौपानेले भने, ‘जसपाले निर्देशन मानेन । अब हामी पनि एक्लै लड्छौँ ।’

गोरखा नगरपालिकामा जसपा र माओवादी केन्द्र गठबन्धन भएको छ । माओवादीले मेयर र जसपाले उपमेयर पाउने गरी गठबन्धन गरिएको हो । वैशाख ११ गते नै एकल चुनावी प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका जसपा र कांग्रेस गोरखालाई केन्द्रीय समितिको दबाबमा पालुङटार गोरखामा तालमेल गर्न भनिएको थियो । तर उम्मेदवारी भने छुट्टाछुट्टै दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =