चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँदैछन्  । आज बिहान ११ बजे  विराटनगरको पुष्पलाल चोकमा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कोइराला समूहका नागेश कोइरालाले महानगरपालिकाको मेयरमा टिकट पाएपछि देउवा समूह रुष्ट छन् । कांग्रेसले पार्टी मिलाउनको लागि  सबैलाई एकै ठाउँमा राखेर चुनावी सभा गर्न लागेको हो । चुनावी सभालाई केन्द्रीय नेता मात्र ११ जनाले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस मोरङको आयोजनामा हुने चुनावी सभालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महेश आचार्य, मीनेन्द्र रिजाल, डा. डिला संग्रौला, अमृत अर्याल, गुरुराज घिमिरे, भीम घिमिरे र नागेश कोइरालालेले सम्बोधन गर्ने नेपाली कांग्रेसका उपसभापति भक्ति माझीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =