धवलागिरि गाउँपालिकाको एकै वडाका पाँचजना निर्विरोध (घोषणा पत्रसहित)

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा पाँचजना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित हुने पाँचैजना उम्मेदवार धवलागिरि गाउँपालिकाकाको वडा नं १ का विभिन्न पदका उम्मेदवार रहेका छन्। वडा नं १ का अध्यक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट झक बहादुर छन्त्याल, दलित महिला सदस्यकी उम्मेदवार माओवादी केन्द्रबाटै सतमाया वि.क,  माओवादी केन्द्रबाटै महिला सदस्यकी उम्मेदवार सिता कुमारी छन्त्याल, वडा सदस्यका उम्मेदवार माओवादी केन्द्रबाटै केआईसिंह छन्त्याल र स्वतन्त्रबाट वडा सदस्यका उम्मेदवार गुनाराम छन्त्याल निर्विरोध निर्वाचित भएका हुन्।

धवलागिरि गाउँपालिकाको वडा नं १ मा उक्त पदहरूमा अरू कसैको उम्मेदवारी नपरेका कारण उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले  घोषणा गरेको हो।

नामावलीसहितको घोषणा पत्रः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *