बागी उम्मेदवारी फिर्ता लिन तनहुँ कांग्रेसको उर्दी

पोखरा । नेपाली कांग्रेस तनहुँले बागी उम्मेदवारलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

सभापति जीतप्रकाश आलेले आज एक विज्ञप्ति जारी उम्मेदवारी फिर्ता गर्नका लागि निर्देशन दिएका हुन् ।

उम्मेदवारी फिर्ता गर्नेहरूलाई भविष्यमा अवसर प्रदान गर्ने प्रस्ताव पनि गरिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका प्रभावशाली नेताहरूले नै बागी उम्मेद्वारी दिएका छन् ।

बन्दीपुरमा मानकाजी श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने शुक्लागण्डकीमा महेश्वर भट्टराईले मेयरमा मनोनयन दर्ता गरेका छन् ।

श्रेष्ठले भने पार्टीमा राजीनामा पत्र बुझाइसकेका छन् । उनको राजीनामा स्वीकृत भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =