जुम्लामा प्रमुख पदमा दुई महिला उम्मेदवारी
२०७९ वैशाख १५ गते

काठमाडौँ । जुम्लाका दुई पालिकामा प्रमुख पदका लागि महिलाको उम्मेदवारी परेको छ।
आसन्न स्थानीय तहको निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत (समाजवादी) पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएकी छन्। उपप्रमुखमा भने सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, नेकपा (एमाले) जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ। एमालेको तर्फबाट अध्यक्षमा झुनमाया जैसीले उम्मेदवारी दिएकी हुन्।
२०७९ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित









