मनाङको नार्पाभूमिमा उपाध्यक्ष सहित ३ वडाध्यक्ष सर्वसम्मत निर्वाचित

पोखरा । यसअघि पूरै सेट सर्वसम्मत निर्वाचित भएको मनाङको नार्पाभूमि गाउँपालिकामा यसपाली उपाध्यक्ष सहित ३ वडाध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षमा भने निर्वाचन हुने भएको छ । उपाध्यक्षमा एमालेबाट मिङमर फुन्चो लामा उपाध्यक्षमा निर्विरोध भएका हुन् । उनलाई एमालेले अध्यक्ष उठ्न टिकट दिएपनि उपाध्यक्षमा उठेका हुन् ।

लामा यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए । यस्तै, ३ वडामा अध्यक्ष समेत सर्वसम्मत भएका छन् । वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष सहित २ वडामा निर्वाचन हुने भएको छ । अध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको बताईएको छ । पालिका अध्यक्षमा हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा, कृष्णबहादुर लामा र मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका छन् । कृष्णबहादुर कांग्रेसबाटै बागी उठेका हुन् भने मिङमर एमाले समर्थित हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =