रुपा गाउँपालिकामा जुट्याे सहमति, अध्यक्षकाे टिकट गीतामायालाई
२०७९ वैशाख १२ गते

कास्की । कास्कीकाे रुपा गाउँपालिका, कांग्रेसमा सहमति जुटेकाे छ । सहमति जुटेसँगै मनाेनयन दर्ता भएकाे छ । गाउँपालिका अध्यक्षकाे टिकट नेतृ गीतामाया गुरुङलाई दिएकाे छ । उपाध्यक्षकाे टिकट नारायण श्रेष्ठलेपाएका छन् ।
साढे ४ बजेसम्म त्यहाँ कांग्रेसकै नेता/कार्यकर्ताहरूबीच सहमति जुटेकाे थिएन । गीतामायालाई अध्यक्षकाे उम्मेदवार बनाउनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताहरूले उम्मेदवारी दर्ता गर्न दिएका थिएनन् । आनन्द सुवेदीलाई अध्यक्षकाे टिकट दिइएपछि यहाँ भाँडभैलाे भएकाे थियाे ।
गुरुङलाई टिकट दिएपछि मनाेनयन दर्ता भइसकेकाे छ । यसअघि उपाध्यक्षकाे टिकट अप्सरा श्रेष्ठले पाएकी थिइन् ।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









