एमालेले कास्कीमा टुङ्ग्यायो उम्मेदवार
२०७९ वैशाख १२ गते

पोखरा । नेकपा एमालेले कास्कीका सबै पालिकामा उम्मेदवार टुङ्गो लगाएको छ । पोखरा महानगरको मेयरमा कृष्णबहादुर थापा र उपमेयरमा मन्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ ।
यसअघि दीपक पौडेल मेयरको टिकट पाएपनि उनी विवादित भएपछि टिकट खोसेर थापालाई दिइएको हो । रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङले टिकट पाए भने मादीको अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेदवार भएका छन् ।
माछापुच्छ्रेको अध्यक्षमा विक्रम गुरुङ र उपाध्यक्षमा सीता तिवारीले टिकट पाए । अन्नपूर्णको अध्यक्षमा यसअघि चुनाव हारेका विष्णु केसीलाई नै अघि सारिएको छ । उपाध्यक्षमा चन्द्रा अधिकारीले टिकट पाइन् ।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









