एमालेले गोरखाका पालिकामा टुङ्ग्यायो उम्मेदवार

पोखरा । नेकपा एमालेले गोरखाका पालिकामा पनि उम्मेदवार टुङ्ग्याएको छ । तीमध्ये एउटा पालिकामा महिला प्रमुख उठाइएको छ भने अरुवा सबै पुरुष छन् ।
गोरखा नगरपालिकाको मेयरमा सम्झना देवकोटालाई उठाउने निर्णय गरिएको छ भने उपमेयरमा माओवादीबाट भर्खरै प्रवेश गरेका दिनेश तमु छन् । पालुङटारको प्रमुखमा हरि भट्ट र उपप्रमुखमा पार्वती पाठक, अजिरकोट गाउँपालिकाको अध्यक्षमा शेखरनाथ न्यौपाने र उपाध्यक्षमा शर्मिला तामाङ उम्मेदवार बने ।
आरुघाट गाउँपालिका अध्यक्षमा कृष्णबहादुर नेपाली र उपाध्यक्षमा मीना बराम, गण्डकी गाउँपालिका अध्यक्षमा गोपाल पाण्डे र उपाध्यक्षमा रेनुका नहर्की, धार्चे गाउँपालिका अध्यक्षमा सुक बहादुर घले र उपाध्यक्षमा आशा गुरुङ छन् ।
भीमसेन थापा गाउँपालिका अध्यक्षमा सुरेशबाबु श्रेष्ठ र उपाध्यक्षमा गोमादेवी देवकोटा, शहीद लखन गाउँपालिका अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, सिरानचोक गाउँपालिका अध्यक्षमा देवराज श्रेष्ठ र उपाध्यक्षमा विवाह गुरुङ, वारपाक सुलिकोट गाउँपालिका अध्यक्ष दल बहादुर भट्ट र उपाध्यक्षमा कृष्णकुमारी श्रेष्ठ तथा चुमनुब्री गाउँपालिका अध्यक्ष सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङले टिकट पाएका छन् ।









