पोखरामा विप्लव माओवादीको पनि उम्मेदवारी

पोखरा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले समेत पोखरामा उम्मेदवार उठाएको छ । महानगरको मेयर र उपमेयरमा उम्मेदवार उठाइएको हो । उनीहरू दलीय नभई स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

मेयरमा नेकपा नेता किसानसिंह गुरुङ र उपमेयरमा सोममाया विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् । विप्लवको पार्टीमा चुनाव बहिस्कार गर्नेको सङ्ख्या धेरै भएपनि पोखरामा भने उम्मेदवारी नै दिएका छन् ।

एमसीसीको विरोध गर्दै उनीहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =