गोरखा कांग्रेस माओवादीसँग पनि नमिल्ने, एक्लै चुनाव लड्ने निर्णय

पोखरा । नेपाली कांग्रेस गोरखाले माओवादीसँग पनि तालमेल नगर्ने निर्णय गरेको छ । शनिबार माओवादी-कांग्रेस तालमेल सहित भागबन्डा टुङ्ग्याइएकोमा केन्द्रीय हस्तक्षेपका कारण एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेसले माओवादीसँग समीकरण बनाएको थियो । तर अहिले भने माओवादीलाई पनि छोडेर गठबन्धनबाट पूर्णतः बाहिरिने निर्णय गरेको हो ।

कांग्रेसको आकस्मिक बैठक बसेर सबै पालिकामा सबै उम्मेदवार उठाउने निर्णय भएको सचिव किशोरजंग थापाले बताए । कांग्रेसले आफूलाई ७ पालिका राखेर माओवादीलाई ४ पालिका दिने गरी समीकरण बनाएको थियो ।

तर केन्द्रले जसपालाई २ पालिका दिनुपर्ने निर्णय सहित कांग्रेसलाई खुम्च्याएपछि ११ वटै पालिकामा एक्लै चुनाव लड्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =