गठबन्धनबाट पोखराको मेयरमा धनराज आचार्य
२०७९ वैशाख १० गते

पोखरा । नेकपा एकीकृत समाजवादीले पोखराको मेयरमा धनराज आचार्यलाई उठाउने भएको छ ।
गठबन्धनभित्र पोखराको मेयर एसको भागमा परेको छ । उपमेयर भने कांग्रेसले पाउनेछ । मेयरमा आचार्यलाई उठाउने निर्णय भएको श्रोतले बतायो ।
‘उहाँ (आचार्य) को नाम फाईनल भएको हो,’ श्रोतले भन्यो, ‘औपचारिक निर्णय सार्वजनिक हुन मात्रै बाँकी छ ।’ आचार्य विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
लामो समय एमाले राजनीतिमा रहेका उनी पार्टी विभाजनपछि माधव नेपाल समूहमा खुलेर कास्की जिल्ला अध्यक्षको रुपमा कार्यरत छन् ।
आचार्य लायन्स क्लव ३२५ बी वानका डिस्ट्रिक गभर्नर भएर समेत काम गरिसकेका छन् ।
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









