पाख्रीबासको मेयरमा एमालेबाट भीम राई सर्वसम्मत 

काठमाडौँ । धनकुटाको पाख्रीबास नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भीमबहादुर राईको नाम सर्वसम्मत सिफारिस भएको छ । आउँदो स्थानीय तहको निर्वाचनका लागि एमाले पाख्रीबास नगर कमिटीको बैठकले मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरी सिफारिस गरेको हो ।

उनी नेपालमा भएको दोस्रो जनआन्दोलन २०४६ सँगै सक्रिय राजनीतिमा लागेका हुन् । ०५४ को आम निर्वाचनमा स्थायी शिक्षकबाट राजीनामा दिए एमालेबाट तत्कालीन फलाटे गाविसमा अध्यक्षमा निर्वाचित भएका थिए । २०७१ मा सुकुम्वासी समस्या समाधान आयोग धनकुटाको अध्यक्ष भएर काम गरिसकेका राई लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।

यस्तै नगर कमिटीले उपमेयरमा नम्रता देउजाको नाम सर्वसम्मत सिफारिस गरेको छ । उनी पाख्रीबास नगर कार्यपालिका सदस्य समेत हुन् । लामो समय देखि एमालेको सक्रिय राजनीतिमा क्रियाशील देउजा हाल धनकुटा जिल्ला कमिटी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =