पालिकाको टिकट टुंग्याउन एमाले गण्डकीको बैठक शुरू

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशको टिकट वितरणका लागि बैठक सुरु भएको छ । ८४ वटा पालिकाको प्रमुख र उपप्रमुख सहित पोखराका ३३ वडाका अध्यक्षको टिकट प्रदेश कमिटीले दिन्छ ।

शुक्रबार ६ बजेदेखि बैठक सुरु भएको सचिव धनन्जय दवाडीले जानकारी दिए । बिहीबार नै बैठक सुरु गर्ने भनिएपनि नेताहरु काठमाडौँ गएका कारण स्थगीत भएको हो ।

एमालेबाट २२ पालिका प्रमुखहरु एकल रुपमा सर्वसम्मत सिफारिस भएका छन् । टिकट वितरणका लागि एमालेले तल्लो तहको सुझाव संकलन गरिसकेको छ ।

मनाङ र मुस्ताङमा भने अधिकांश उम्मेद्वार तल्लो तहबाटै सर्वसम्मत हुने सम्भावना छ । भुगोल र सांस्कृतिक रुपमा छलफल गरेर उम्मेद्वार टुंगाउने छन् । अरु सबै पालिकाको नाम सिफारिस भएपनि मनाङका ४ र मुस्ताङका ५ पालिकाको नाम अझै सिफारिस भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =