विर्तामोड नगरका २८ जनप्रतिनिधिले दिए राजीनामा

विराटनगर । विर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका हुन् ।
उपमेयर पवित्रा महतारा प्रसाई सहित जनप्रतिनिधिले मेयर ध्रुवकुमार शिवाकोटीलाई राजीनामा बुझाएको मेयरको सचिवालयले जनाएको छ । उनीहरूले बुझाएको राजीनामा आजै स्वीकृत भएको जनाइएको छ ।
वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरू प्रेमकुमार खरेल, यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य पूर्णप्रसाद राजवंशी, वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, सदस्यहरू राहुल शर्मा, निर्मला सोनार, कविता डाँगी, वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, सदस्यहरू पवित्रादेवी कोइराला, शोभा विक, वडा नं ८ का वडाध्यक्ष अजय कार्की, सदस्यहरू लक्ष्मी नेपाली, इन्दिरा पाण्डे, गंगालाल राजवंशी, वडा नं ९ का वडा सदस्यहरू हरि चौलागाई, संगीता शिवा, वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरू अर्जुन सिटौला, भक्तसिंह राजवंशी, गीता घिमिरे र दिपिका शिवाले राजीनामा दिएका हुन् ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरूको राजीनामा दिनु पर्ने व्यवस्था छ ।









