महानगर प्रमुखबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
मकालु खबर
२०७९ वैशाख ३ गते
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।
मकालु खबर
२०७९ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित