झापामा चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै, तालमेलले गति लिएन

झापा । झापामा गठबन्धन दलका नेताहरूको बैठकले अन्य दलहरूसंग पनि स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।

बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरूमा गठबन्धनका उम्मेद्वारहरूको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरूमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने निर्णय गरेको हो ।

वैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा तालमेल गर्नेमा छलफल भएको नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताए ।

नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको संयोजकत्वमा बसेको गठबन्धन दलको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, संविधान सभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य, जनता माजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई लगायत सहभागी रहेका थिए ।

झापमा गठबन्धन दलहरू कसरी अघि बढ्ने भन्ने बारेमा कुनै आधिकारिक निर्णय भएको छैन । चुनावी तालमेल गर्ने बारेमा बैठक बसेर छलफल हुने गरेको भएपनि चुनावी तालमेल गर्दै कुन स्थानीय तह कसलाई दिने भन्ने अझै टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *