बिहारमा ६० फिट लामाे पुल चाेरी
२०७८ चैत २७ गते

बिहार । भारतकाे बिहारस्थित राेहतास जिल्लाकाे अमियावर भन्ने ठाउँमा बनेकाे ६० फिट लामाे पुल चाेरी भएकाे छ ।
भारतीय पत्रिका जनसत्ताले जनाएअनुसार १९७२ मा बनेकाे ६० फिट लामाे फलामे पुल चाेरी भएकाे हाे ।
पुल निकै पुरानाे भएकाले जर्जर अवस्थामा रहेकाे जनसत्ताले जनाएकाे छ । चाेरहरूले आफूलाई सरकारी अधिकारी रहेकाे बताउँदै पुल चाेरी गरेकाे स्थानीयले जनाएका छन् । उनीहरूले आफूलाई सिंचाई विभागकाे कर्मचारी रहेकाे बताएका थिए ।
चाेर बुलडोजर, ग्यास कटर र गाडी लिएर पुल चाेर्न पुगेका थिए । उनीहरूले तीन दिनसम्म काटेर अनेकाैँ टुक्रा पारी पुल चाेरी गरेका हुन् ।
पुलमा ५ सय टन फलाम रहेकाे दाबी गरिएकाे छ । तर, प्रहरीले पुलमा त्यति धेरै फलमा नरहेकाे बताएकाे जनसत्ताले जनाएकाे छ ।
२०७८ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








