गोरखाको मेयरका लागि कांग्रेसबाट १० जनाले दिए आवेदन

पोखरा । गोरखा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १० जनाले आवेदन दिएका छन् । कांग्रेसले आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा १० जनाले आकांक्षा देखाएका हुन् ।
हालका मेयर राजनराज पन्त सहित जिल्लास्तरीय नेताहरूको नाम टिपिएको छ । गोरखा कांग्रेसका उपसभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापा, उपमेयर विनाकुमारी श्रेष्ठ, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि पूर्णबहादुर पन्त, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, वडाध्यक्ष डिलबहादुर थापा, नेता भूगोल थापा र नगर कार्यपालिका सदस्य हरि गान्धारीले उम्मेदवार दरखास्त फाराम पेश गरेका छन् ।
उपमेयरका लागि मिनादेवी श्रेष्ठ, पुष्पा श्रेष्ठ, शरद श्रेष्ठ, गोमा दवाडी, मसलिमाया थोकर (सपना पुन), पम्फा गान्धारी र रिता परियारले दाबी गरेका छन् । नगर समितिमा पेश भएका नाममा छलफल गरेर सर्वसम्मत उम्मेदवार छनोट गर्ने र सम्भव नभए जिल्लामा पटाइने सभापति चन्दनबाबू खत्रीले जानकारी दिए ।









