गण्डकी प्रदेशले थप ६ दिन विदा दिने
२०७८ चैत २२ गते

पोखरा । गण्डकी सरकारले प्रदेशभित्र थप ६ दिन विदा दिन पाउने कानूनी व्यवस्था छ ।
संघ सरकारले दिएको विदा बाहेक प्रदेशको भूगोल, संस्कार र संस्कृतिलाई ख्याल गरेर ६ दिन विदा दिने व्यवस्था गरिएको हो । प्रदेश सरकारले आउँदो वर्ष ४ दिन विदाको मिति घोषणा गरेको छ ।
यसअघि संघ सरकारकै विदामा मिल्ने भएकोले अहिले त्यसलाई मध्येनजर गर्दै छुट्टै पर्व र दिवसलाई विदा दिन लागिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । असार २९ गते भानू जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते सरकार स्थापना दिवस र चैत १५ गतेको चैते दशैंमा विदा दिइने उनले बताए ।
बाँकी दुई दिनको विदा भने अवस्था हेरेर निर्णय लिने सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकबाटै यी विदाको निर्णय गरिएको हो ।
२०७८ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित









