पोखरा १० मा कांग्रेसको सिंगल उम्मेद्वार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेसले सर्वसम्मत उम्मेद्वार चयन गरेको छ । उम्मेद्वारका लागि प्रत्येक पदमा ३/३ जनाको नाम सिफारिस गर्न पाउने भएपनि वडा नम्बर १० बाट सबै पदमा एक/एक जनाको मात्रै नाम सिफारिस गरिएको हो ।

आउँदो निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा पार्टी सभापति राजेश गुरुङ ‘राजु’ लाई सिफारिस गरिएको हो । यस्तै, सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, परमेश्वर कार्की, दलित महिला सदस्यमा सुनिमाया नेपाली, महिला सदस्यमा नरदेवी गुरुङलाई सिफारिस गरिएको छ ।

वडा समितिले गरेको सिफारिस क्षेत्र हुँदै जिल्लामा पुग्नेछ । अरु वडामा भने उम्मेद्वारहरू धेरै भएर सिफारिस गर्न समस्या भएको छ । यसअघि पोखरा १० मा कांग्रेसको प्यानल विजयी भएको थियो । उक्त निर्णयले कांग्रेसमा राम्रो सन्देश गएको वडाध्यक्ष राजकुमार गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =