एमाले मुस्ताङको अध्यक्षमा थकाली निर्वाचित

पोखरा । नेकपा एमालेको मुस्ताङ अध्यक्षमा आशबहादुर थकाली निर्वाचित भएका छन् । मुस्ताङको सातौं अधिवेशनबाट थकालीनको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरिएको हो । उनी घरपझोङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

९० सदस्यीय कमिटीको उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा विनोद विसी, उपसचिवमा छिरिङ ल्हामो गुरुङ र छेवाङ गुरुङ चयन भएका छन् । सबै पालिकालाई समेटेर पदाधिकारी चयन गरिएको सांसद तथा एमाले नेता इन्द्रधारा विष्टले जानकारी दिए ।

अधिवेसनबाट निर्वाचित नयाँ कमिटीको पहिलो बैठक समेत बसेको छ । बैठकले आसन्न निर्वाचनमा एमालेलाई सबै स्थानीय तहमा निर्वाचित गर्ने अभियान सुरु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =