तेह्रथुममा पाँच दलबीच चुनावी गठबन्धन हुने
मकालु खबर
२०७८ चैत १५ गते
काठमाडौँ । तेह्रथुममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लिम्बुवान पार्टी नेपालले चुनावी गठबन्धन गर्ने भएका छन् ।
पाँच दलका जिल्ला प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी गठबन्धन गर्ने सहमतिसहित कार्यदल गठन गरिएको जनाएका छन् । उनीहरूले चुनावी गठबन्धनका लागि कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठबन्धन कार्यदल गठन गरेका हुन् ।
अहिलेको सत्तारुढ गठबन्धन निरंकुशताको विरोधमा बनेको गठबन्धन भएकाले यसलाई निरन्तरता दिनुपर्ने पनि यी पाँच दलले निष्कर्ष निकालेका छन् ।
मकालु खबर
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित