सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबारदेखि आइतबारसम्म छापावाल सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य समेत घटेको छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =