थप २३ जनामा कोरोना संक्रमण
२०७८ चैत १३ गते

काठमाडाैँ । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।
२०७८ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








