त्रिविलाई लागेकाे घाउ निकाे पार्नुपर्छ : महामन्त्री थापा
२०७८ चैत ९ गते

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए ।
महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आवद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए । नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उनको भनाई छ ।
उनले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वविद्यालयको विषयमा कसैको ध्यान जान नसेकेको धारणा राखे ।
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








