पोखराका पूर्व प्रधानपञ्च कार्कीको निधन, महानगरमा विदा

पोखरा । साविक पोखरा नगरपालिकाका प्रधानपन्च रुद्रबहादुर कार्कीको निधन भएको छ । ९८ वर्षका कार्कीको आफ्नै निवासमा निधन भएको हो । उनले पोखरा नगर पञ्चायतको नेतृत्व गरेपछि पोखरा आधुनिक युगमा प्रवेश गरेको जानकारहरू बताउँछन् ।

पन्चायत शासनकालमा उनले २०२८ देखि २०३१ सम्म पोखराको नेतृत्व गरेका थिए । पन्चायतको नेतृत्व गरेपनि लोकतान्त्रिक हिसावले पोखराका समस्या समाधान गरेको र आधुनिक शहर निर्माणको योजना बनाएका थिए । पोखराको पहिलो गुरुयोजना २०३१ सालमा उनैले निर्माण गरेका थिए । सोही गुरुयोजनाबाट अहिलेसम्म पोखराको विकास निर्माण भैरहेको छ ।

हालको निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, पोखरा बसपार्कदेखि न्युरोड विस्तारका लागि जग्गा अधिग्रहणको सुरुवात उनी प्रधानपन्च भएकै बेलादेखि सुरु भएको हो । कार्कीको सम्मानमा पोखरा महानगरले मंगलबार शोक विदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =