खुल्याे म्यादी प्रहरीकाे दरखास्त फारम (फाेटाेफिचर)

काठमाडाैँ । प्रहरी प्रधान कार्यालय, नक्सालले म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ ।
आइतबारबाट आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ । काठमाडौँ उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरूको लामो लाइन लागेको हो ।
चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ ।
त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताए । उनले देशलाई सेवा गर्ने अवसर पनि भएको पनि धारणा राखे ।
छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।
तस्वीरः









