किशाेरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ

तेह्रथुम । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =