सीमामा सुरक्षा अधिकारी

विराटनगर । सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न सुनसरीका नाकाहरूको निरीक्षण गरिएको छ । सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सीमा स्तम्भहरूको सुरक्षा निकायका प्रमुखहरूबाट निरीक्षण भएको हो ।

प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसी, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सहितको टोलीले नाकाको निरीक्षण गरेको हो । सीमा क्षेत्रबाट चोरी निकासी तथा तस्करी हुने गरेको नागरिकको गुनासोका आधारमा सुरक्षा निकायहरू सीमा क्षेत्रमा गएको हो ।

टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज क्षेत्रको नेपाल भारत सीमामा रहेको सीमा स्तम्भहरूको निरीक्षण अवलोकन गरेको छ । डिआइजी बिसीले सीमा स्तम्भहरूको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकाय सहित स्थानीय नागरिकहरूसँग सीमाका समस्याको बारेमा अन्तरक्रिया गरेका थिए ।

डिआइजी बिसीले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सीमा प्रहरी चौकी साहेवगंज, प्रहरी चौकी कप्तानगंज, अस्थायी प्रहरी चौकी मोतिटप्पुका प्रहरीलाई सीमामा हुने आपराधिक तथा सीमा क्षेत्रमा हुने विविध गतिविधिका बारेमा जानकारी लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =