सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेलाई १० लाख दिन एमालेको माग

विराटनगर । नेकपा एमालेले सङ्खुवासभा दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई १० लाख राहत माग गरेको छ । नेकपा एमाले प्रदेश १ का अध्यक्ष एवम् सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद तुलसीप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हुन् ।

प्रदेश सरकारले कुनैपनि राहत तथा उद्धार सम्बन्धित काम नगरी लाचार र अनुत्तरदायी बनेको परिस्थितिले ज्यादै दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाखका दरले र घाइतेहरूलाई प्रति घाइते १० लाख राहत सहित निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको हो ।

गत फागुन २६ गते बिहान सङ्खुवासभाको मादी नगरपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अन्जना कटवाल, दीपक दाहाल, इन्द्रबहादुर अधिकारी, उमेश भट्टराई, आइतबहादुर तामाङ, सविता राउत कार्की, श्याम शर्मा, भवानी दहाल, दीक्षा कटवाल, विपिन निरौला, दलबहादुर कार्की, सिता विक, सुदिप घिसिङ, सदिक्षा योञ्जनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यूका पोखरेलको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घाइते डम्बरबहादुर कार्की, करिस्मा तामाङ, तुलसा कटवाल र सुवास तामाङको धरानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 9 =