वृद्धाश्रमबाट हराएकी महिला तमोरमा मृत फेला
२०७८ चैत १ गते

विराटनगर । धनकुटामा वृद्धा आश्रमबाट हराएकी एक महिला तमोर नदी किनारमा मृत अबस्थामा भेटिएकी छन् । धनकुटामा रहेको विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीय देवी लामिछाने तमोर नदीको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा भेटिएको थियो । मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ मा रहेको वृद्धाश्रममा बस्दै आएको प्रहरीले जनाएको छ ।
लामिछाने फाल्गुन २९ गते दिउँसो वृद्धाश्रमदेखि हराई बेपत्ता भएकोमा प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले उनको शवलाई आज बिहान फेला पारेको थियो । घटनाको बारेमा अनुसन्धान गरिरहेको धनकुटा प्रहरीले मृत शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जनाएको छ।
२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित










