महिला हिंसाविरुद्ध श्रीमती संगठनकाे प्रदर्शन (तस्वीरसहित)

काठमाडाैँ । मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।

सामाजिक सञ्जालबाट जाेडिएका विवाहित महिलाहरूकाे समूह ‘श्रीमती संगठन’ले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हाे ।

मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले तिमीहरू खुलमखुल्ला हिँड्ने-हामी भित्रभित्रै पिल्सिने, छोरी चेलीको रक्षक, नारी शक्ति एक हौँ, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ लगाएतका प्लकार्डसहित प्रदर्शन गरेका थिए ।

पछिल्लो समय बालबालिका तथा महिलाहरू असुरक्षित भएको भन्दै राज्यले गम्भीर रूपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिएको समेत उनीहरूले जनाएका छन् ।

प्रदर्शनका क्रममा समूहले मृत बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण तथा मैनबत्ती प्रज्वलन समेत गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =