मनकामना केवलकारले १ प्रतिशत नाफा गाउँपालिकालाई दिने, स्थानीयलाई विशेष छुट

पोखरा । गोरखाको मनकामना केवलकारले नाफाको १ प्रतिशत गाउँपालिकालाई दिने भएको छ । पालिका र कम्पनीबीच सहयोग सम्बन्धमा सम्झौता भएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाको २ र ३ नम्बर वडाको विकासका लागि १ प्रतिशत नाफा पालिकालाई हरेक ३ महिनामा उपलब्ध गराउने सहमति भएको अध्यक्ष रमेशबाबु थापाले बताए ।

नयाँ सम्झौता अनुसार वडा नम्बर १ देखि ३ सम्मका नागरिक र उनीहरूका नातेदारलाई केवलकारको भाडामा ८० प्रतिशत छुट दिईएको छ भने त्यहाँका कर्मचारी र श्रमिकलाई ६५ प्रतिशत छुट दिने सहमति छ ।

यस्तै, गाउँपालिका र मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरू र १, २, ३ र ५ बाहेकका वडाका नागरिकलाई २५ प्रतिशत छुट हुनेछ । प्रभावित क्षेत्रका नागरिकको लगेजमा २० किलोसम्म ढुवानी नि:शुल्क गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =