तनहुँमा बस र टाटा सुमो जुध्यो, ३ जनाको मृत्यु
२०७८ फागुन २९ गते

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस र टाटासुमो जुध्दा ३ जनाको मृत्यु भएको छ ।
मुग्लीनबाट आँबुखैरेनी तर्फ गुडिरहेको ग २ ख ३०७ नम्बरको बस र फरक दिशामा गुडिरहेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो जुधेको हो ।
मृतकको पहिचान खुलेको छैन । १ महिला र २ पुरुषको शव भेटिएको तनहुँ प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको तनहुँ प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
२०७८ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित









