वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई शनिबार वीरगञ्जमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको लगायत धेरै कारणले आफूले जनता समाजवादी पार्टी त्यागेको बताए ।

जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको पनि मेयर सरावगीले दाबी गरे ।

उनी यसअघि कांग्रेसमा प्रवेश गर्ने चर्चा थियो । जुन कुरा सराबगीले एमाले प्रवेश गर्ने कार्यक्रममा पनि स्विकार गरे ।

आफू अर्कै पार्टी प्रवेशको तयारीमा रहेपनि उद्योगी तथा एमाले नेता मोती दुगडले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गराइदिएको र त्यसपछि एमालेमा प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =