ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ।ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा शुक्रबार बिहान आठ बजेतिर आगलागी हुँदा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर १ भई फुङलिङ बजारमा बस्दै आएकी ६७ वर्षीय चुरीमाया लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै आगलागीमा परी मृतककी नातिनी १६ वर्षीय रेबीका लिम्बु घाइते प्रहरीले जनाएको छ । घाइते रेबीकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको समेत प्रहरीले बताएको छ । यद्यपि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी शुरू भएको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण अन्य घरमा आगलागी फैलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =