फुङलिङ बजारमा आगलागी
२०७८ फागुन २७ गते

काठमाडाैँ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको बिच भागमा आगलागी भएको छ । सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका-४ मा आज बिहान ८ बजेतिर आगलागी लागेको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलकाअनुसार आगोले दुई घरमा क्षति पुगेको छ । ‘बिच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।’
नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको प्रजिअ पोखरेलले बताए । केही दिनअघि मात्र तनहुँको मादी बजारमा आगलागी भएको थियो ।
२०७८ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित










