अमेरिकी साँढे पोखराको क्वारेन्टाइनमा

पोखरा । नश्ल सुधारमार्फत गाईपालनमा व्यावसायिक विकासका लागि अमेरिकाबाट ल्याईएका साँढे पोखरा आइपुगेका छन् ।

साँढेलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । पोखरा १५ भेडिफारामको क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गराईएको पशु विकास फार्मले जनाएको छ ।

फागुन ११ गते अमेरिकाको सिकागोबाट जहाज चढाएर कतार, भारत हुँदै १३ गते ७ वटा साँढे नेपाल ल्याइएको थियो । तीमध्ये ६ वटा पोखरा ल्याइएको हो । ‘उता र यताको हावापानी मिल्दैन । यताको वातावरणमा घुलमिल हुन केही समय लाग्छ,’ कार्यालय प्रमुख डा. नारायण शर्माले भने, ‘त्यसैले अवस्था हेरेर १४ देखि २१ दिनसम्म क्वारेन्टाइन राख्नुपर्छ ।’

पोखरा ल्याईएका कुनैपनि साँढेमा स्वास्थ्य समस्या हालसम्म नदेखिएको उनले बताए । नेपाल लाइभस्टक सेक्टर इनोभेसन ९एनएलएसईपी० ले साँढे खरिद गरेर ल्याएको हो । ति साँढेबाट उत्पादन भएको वीर्य नश्ल सुधारका लागि देशैभर पठाइने छ । पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका साँढे ल्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =