काकाले चिर्पटले हान्दा भतिजाको मृत्यु

पोखरा । काका भतिजबीच विवाद हुँदा गोरखामा काकाले भतिजाको हत्या गरेका छन् । गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमाललाई उनकै काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिर्पटले टाउकोमा हिर्काएका हुन् ।

हत्यापछि घटना लुकाउन खोजिएपनि प्रहरीले पत्ता लगाएको गोरखा प्रहरीले जनाएको छ । ‘पहिले पराल झिक्न जाँदा मृत्यू भएको भन्ने जानकारी आयो । अनुसन्धान गर्दै जाँदा हत्या रहेछ,’ एसपी केदार खनालले भने, ‘टाउकोमा चोट देखिएपछि अनुसन्धान थालेका थियौं ।’

चुरोटका विषयमा भनाभन भएको आरोपी पदमबहादुरले स्विकारेका छन् । घटना फागुन ११ गते राती भएको हो । पदमबहादुर विरुद्ध प्रहरीले ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =