ललितपुरका विभिन्न क्षेत्रमा धूमपान निषेध

ललितपुर । ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धूमपान निषेधित घोषणा गरेको छ ।

महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरवार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

‘धूमपान नगरौँ, स्वास्थ रहौँ’ नाराका साथ महानगरले ती क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले यसअघि नै ललितपुरका केही क्षेत्रलाइ धूमपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए ।

महानगरले निषेधित क्षेत्रमा धूमपान गरेमा सम्झाइबुझाइ गर्ने र त्यसपछि भने कारबाही स्वरूप जरिवाना गर्ने जनाएको छ । धूमपान निषेधका लागि निरन्तररूपमा ललितपुर नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =