संसद भवनअगाडि शंकास्पद वस्तु राखेकाे आराेपमा एकजना पक्राउ

काठमाडाैँ । नयाँ बानेश्वर संसद भवनअगाडि सडकमा शंकास्पद वस्तु राखेकाे आराेपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले फागुन १६ गते एमसीसीकाे विराेधका क्रममा संसदभवन अगाडिकाे सडकमा शंकास्पद वस्तु राखेकाे आराेपमा काभ्रे जिल्ला भुम्लो गाउँपालिका वडा नं. २ सिमथली घर भएका सुवास महतलाई प्रकाउ गरेकाे हाे ।

महतले नयाँ बानेश्वरस्थित संसद भवनअगाडिको मुख्य सडकमा जनमानसमा भयत्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको प्रहरीले बताएकाे छ ।

उनलाई महानगरीय अपराध महाशाखाबाट गएकाे विशेष अनुसन्धान टोलीले चाबहिलमा बस्दै आएका महतलाई उनले चढ्दै आएकाे मोटरसाइकलसहित पक्राउ गरेकाे हाे । महतलाई थुनामा राखी अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ ।

महत अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्षसमेत रहेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =