दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरमा काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्स-रे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =