तरकारी लिन हिँडेका सागर १८ दिनदेखि वेपत्ता
२०७८ फागुन ८ गते

काठमाडाैँ । घरबाट तरकारी लिन भनेर हिँडेका स्याङ्जा जिल्ला चापकोट नगरपालिका वाड न. ८ घर भइ पाल्पा जिल्ला रामपुर नगर पालिकामा व्यवसाय गर्दै आएका सागर खनाल बेपत्ता भएका छन् ।
खनाल विगत १७ दिनदेखि बेपत्ता भएका हुन् । पाल्पाकाे रामपुर बेझाडमा फलफुल तथा तरकारी व्यवसाय गर्दै आएका सागर गत माघ १६ गतेबाट हराएका हुन् । तरकारी लिन भन्दै आफ्नै गाडी ग३च ६४२६ मा बुटवल हिँडेका खनाल बुटवलस्थित लुम्बिनी स्टाफ होटलमा बास बसेकाे र भोलिपल्टदेखि बेपत्ता रहेकाे खनालकाे परिवारले जनाएकाे छ ।
होटल व्यवसायीका अनुसार बिहान ९ बजे खैरेनी जान्छु भनेर निस्केका थिए । त्यहाँबाट हिँडेकाे भोलिपल्टसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य शुरू भएको थियाे ।
पारिवारले उनलाई देख्ने, भेट्नेहरूले ९८४९०००४९९ मा सम्पर्कका लागि आग्रह गरेकाे छ ।
२०७८ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित









