ठगी मुद्दामा पक्राउ परेपछि महानगरका कानूनी सल्लाहकार बर्खास्त

पोखरा। मंगलबार ठगी मुद्दामा पक्राउ परेपछि अधिवक्ता कमल अर्याललाई पोखरा महानगरले कानूनी सल्लाहकारबाट बर्खास्त गरेको छ । घटनाको छानबिनमा सहयोग पुर्‍याउन पदमुक्त गरेको मेयरको सचिवालयले जनाएको छ ।

मेयर मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले विज्ञप्ति जारी गरी मेयरस्तरकै निर्णयबाट अर्याललाई पदमुक्त गरेको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिमा परेको भैँसी चोरीको मुद्दा मिलाइदिने भन्दै अर्यालले पैसा लिएको आरोप छ । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =