प्रदेश सरकार बनेको दिन गण्डकीमा बिदा
२०७८ फागुन ३ गते

पोखरा । गण्डकी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार गठन भएको दिनको सम्झनामा बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरेक वर्ष फागुन ४ गते वार्षिकोत्सव मनाउँदै आएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बिदा दिने निर्णय गरेको हो ।
२०७४ साल फागुन ४ गते पहिलो सरकार गठन भएको थियो । स्थापना दिवसमा बुधबार विशेष कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
२०७८ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित









